काठमाडौं/नवनिर्वाचित राष्ट्रपति रामचन्द पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार सोमबार दिउँसो १ बजे विशेष कार्यक्रमबीच नयाँ राष्ट्रपतिले पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय गरिएको छ ।
प्रधानन्यायाधीश नभएकाले पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।
सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी सितलनिवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने कायक्रम रहेको छ ।