पाँच महिनामा सुधारको अनुभूति भएन भने गठबन्धनको अर्थ छैनः गगन थापा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारलाई नागरिकले काम गर्नका लागि ४ ५ महिनाको समयमात्रै दिएको बताउँदै पाँच महिनामा सुधारको अनुभूति नभए गठबन्धनको अर्थ नरहने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै थापाले भने ‘हामीसँग स्रोतसाधनको अभाव छ, त्योभन्दा धेरै समयको अभाव छ । उनले अगाडी भने धेरै नागरिकमा धैर्यता छैन । हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन ।’

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले समयको अभावलाई बुझ्न सक्नुपर्ने बताउँदै थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए ।

सरकारका दर्जनौँ मन्त्रालयहरू खालि रहेको बताउँदै थापाले त्यहाँ खर्चमात्रै भइरहेको र काम नभएको बताए । उनले भने यहाँ को व्यक्ति प्रधानमन्त्री, मन्त्री भयो भन्ने कुराले त्यत्ति धेरै अर्थ राख्दैन, हाम्रो हरेक प्रधानमन्त्रीले आफ्नो खुत्रुक्केमा कति पैसा छ ? र मुलुक कसरी चलिरहेको छ भनेर थाहा पाउनुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज