काठमाडौँ / नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेका छन् । एमालेको केन्द्रीय सदस्य समेत रहेका गिरी पर्वतबाट दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
निर्वतमान स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका गिरले नयाँ सत्तासमिकरणसँगै राजीनामा दिएका थिए ।