काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो ।
निर्वाचनमा जनता समाजवादीका तर्फबाट रामसहायप्रसाद यादव, एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जसपाबाट प्रमिलाकुमारी यादव उम्मेदवार रहेका छन् ।