१० दलको बैठक निष्कर्षविहीन, जाज फेरि बैठक बस्दै

काठमाडौँ / उपराष्ट्रपतिको निर्वाचनबारे सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको १० दलको बैठक निष्कर्षविहीन भएको छ ।

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सत्ता साझेदार दल जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमतबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

उपराष्ट्रपति निर्वाचनमा १० दलबीच एकता कायम गर्ने विषयमा बोलाइएको उक्त बैठकमा दलहरुवीच भएको छलफल निष्र्कषमा पुग्न नसकेपछि आज (विहिबार) विहानका लागि पुनः बैठक बोलाइएको छ ।

छलफल सकारात्मक भएपनि निष्र्कष निस्किएन त्यसैले यो विषयमा एउटै धारणा बनाउने तयारी छ,बैठ कपछि नेता शक्ति बस्नेतले बताए ।बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज