चैत्र १० गतेसम्म सरकार विस्तार हुने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार काठमाडौंमा लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकारले चैत्र ६ गते विश्वासको मत लिने र त्यसकको केही दिन भित्रै सरकारले पूर्णता पाउने बताएका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले सरकार विस्तारका लागि कुनै अफ्ठयारो नरहेको बताउँदै सत्तागठबन्धनका सबै दलहरुसँग बसेर सरकार विस्तारका सम्बन्धमा छलफल गरेर अगाडी बढ्ने बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज