ओखलढुङ्गा/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्। ओखलढुङ्गामा आइतबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी नाम सर्वस्वीकार्य भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताएका हुन्।
प्रदेशका ९० प्रतिशत सांसदको बहुमतले प्रदेशको नाम पारित गरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा लाग्न आग्रह गर्दै तत्काल नाम संशोधनका विषयमा कुनै प्रकारको छलफल नहुने स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले कोशी सबैको सभ्यता र पहिचानसँग मात्र जोडिएको नभए मानव जीवनसँग पनि जोडिएको नाम भएको बताउँदै हिजो नाम भएन भन्नेहरू आज नाम मन परेन भनेर आन्दोलन गरिरहेको तर्क गरे । उनले भने, सधै विरोध मात्रै गरेर बस्ने हो भने गन्तव्यमा पुगिन्न। त्यसैले प्रदेश कसरी विकसित र समृद्ध बन्छ त्यो सुझाव दिनुस्। त्यसमा काम गरौं ।