प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा मत दिन्न भन्ने पक्षमा उभियो ।

पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिएका हुन् । चुनावी गठबन्धन त्यागेर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनमा पुन पुरानै गठबन्धनमा फर्किएका थिए । सत्ता साझेदार नेकपा एमाले र राप्रपाले सरकरलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्था अनुसार पुनः विश्वासको मत लिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज