काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले संसद्मा सिट संख्याका आधारमा दलहरुवीच मन्त्रालय बाँडफाँट गर्ने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री दाहाल आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउने प्रयासमा रहेका छन । तर सबै दललाई सरकारमा सहभागि गराउँदा मन्त्रिपरिषद्को आकार ठूलो हुनेहुँदा प्रधानमन्त्री द्धिविधामा रहेको निकटस्थहरु बताउँछन् ।
मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा सत्तागठबन्धनका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको बताइएको छ।
संसदमा नेपाली कांग्रेसका ८७ सांसद छन् । त्यस्तै माओवादी ३२, रास्वपा १९, जसपा १०, एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति पार्टी ४ र स्वतन्त्र प्रभु साह र अमेरशकुमार सिंह छन् । दाहालले कांग्रेस ७ / ८, माओवादी ४ / ५, रास्वपा ३ देखि ४, जसपा र एकीकृत समाजवादी २/२, नागरिक उन्मुक्ति, जनमत र लोसपा १/१ वा २/२ र स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनालाई मन्त्री बनाउने प्रारम्भिक प्रस्ताव शीर्ष नेतामाझ राखेका छन् ।