शान्ति प्रक्रियालाई चाँडै टुंग्याउनुपर्ने महामन्त्री थापाको भनाई

काठमाडौँ / कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियालाई चाँडै टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

महामन्त्री थापाले संक्रमणकालीन न्यायको टुंगो लगाउन द्धन्द्धपीडितहरूको भावना र मागहरूलाई सम्बोधन गर्नु पर्ने बताउँदै यस मुद्दामा सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताए ।

उनले भने, हामीसँग अब समयको सुविधा छैन । अझै लम्ब्याएर लग्यौँ भने झन् अल्झिदै जान्छ । थप अन्याय हुन्छ । अब जतिसक्दो छिटो संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन सक्नुपर्छ ।

‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक भएको बताउँदै उनले कोइरालाले थालेको त्यो कामलाई अहिलेसम्म पूर्णता दिन नसक्नु दुखद भएको बताए । उनले शान्ति प्रक्रियाको नेतृत्व गरेको दलको हिसाबले यसलाई टुंगोमा पुर्‍याउने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको रहेको बताए । संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनहरूलाई समेत ध्यानमा राख्नुपर्ने उनले बताए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज