काठमाडौँ / मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँडका विषयमा छलफल गर्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
बैठकमा मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल भएको बताइएको छ । गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि टुंगो लागिसकेको छैन ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी थिए ।
प्रधानमन्त्री दाहालले ६ चैतमा विश्वासको मत लिइसकेका छन् । प्रधानमन्त्री दाहालले चैत १० गतेसम्म सरकारलाई पूर्णता दिने बताए पनि दलहरुवीच भागबण्डा नमिल्दा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । डेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री दाहालको काँधमा छन् ।