धनगढी/ नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीमा बस्न नपाइने अवस्थामा मात्र आफूले विकल्प खोज्ने बताएका छन् ।
धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे । आफू अहिलेसम्म नेकपा (एमाले) को सदस्य रहेको बताउँदै उनले भने यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्न बाध्य हुन्छु । राष्ट्रियताको प्रश्न उठाउँदा, पार्टीमा विधि र पद्धतिका कुरा गर्दा, पार्टीबाट घचेट्न खोजे विकल्प खोज्ने बताउँदै उनले भने पार्टीमा ५० वर्षसम्म काम गरेको छु । पार्टीमा अन्तिमसम्म सङ्घर्ष गरिरहनेछु ।
उनले कुनै नेता कार्यकर्तासँग भेट गर्दैमा अर्को पार्टीमा गएको भन्न नहुने बताए । उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी रहने बताए ।