गठबन्धनमा भागबण्डा मिल्यो, आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ / सत्तारुढ गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तारका लागि सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको हो ।

दलहरुवीच भएको सहमति अनुसार नेपाली कांग्रेसलाई ८ वटा मन्त्रालय, नेकपा माओवादी केन्द्रलाई ५ वटा मन्त्रालय, नेकपा एकीकृत समाजवादी र जसपालाई २/२ वटा मन्त्रालय, लोसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीलाई १/१ वटा मन्त्रालय, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय दिने सहमति भएको हो ।

सत्तागठबन्धन दलहरुवीच संख्यामा भागबण्डा मिले पनि कुन दललाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । बिहिबार विहान यसकोबारेमा टुंगो लगाउने र मन्त्रिपरिषद्‍ विस्तार गर्ने सहमति भएको सहभागि नेताले बताए । बिहिबार नै मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज