प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद बिस्तार गर्ने

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । बिहिबार प्रधानमन्त्री दाहालले सत्तारूढ दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए। छलफलमा दलहरुवीच भागबण्डा मिलेपछि आज साँझसम्म मन्त्रिपरिषद बिस्तार हुने बताइएको छ ।

मन्त्रालयको भागबन्डा मिले पनि नेपाली कांग्रेसबाहेक अन्य दलहरुले मन्त्री हुनेहरूका नाम पठाउन सकेका छैनन । प्रधानमन्त्री दाहालले शुक्रबार दिउँसोसम्म दलहरुलाई मन्त्रिको नामावली दिन भनेका छन् , दलहरुबाट नामावली पाएपछि शुक्रबार साँझ मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।

सत्तागठबन्धन दलहरुवीच भएको सहमति अनुसार नेपाली कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २र२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक(एक मन्त्रालय लिने सहमति बनेको छ ।

सोहीअनुसार दलहरूले मन्त्री हुनेहरूको नामबारे पार्टीभित्र आन्तरिक छलफल गरी लगभग टुंगोसमेत लगाइसकेका छन्। पार्टीहरूले आज नाम दिएमा आजै मन्त्रिपरिषद बिस्तार र शपथसमेत हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज