नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ / नवनियुक्त मन्त्रीहरूले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

नेपालीकांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

आन्तरिक विवादका कारण नेपाली कांग्रेसले ८ मध्ये पहिलो चरणमा ४ मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ । कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन् । नेकपा माओवादीबाट शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । भने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।
पहिलोपटक सरकारमा सहभागि भएको नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन् । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

यसैवीच जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले उद्योग मन्त्रालयको जिम्मेवारी नपाएको भन्दै उनले सम्हाल्दै आएको खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज