काठमाडौँ / पूर्वसहमति अनुसार उद्योग मन्त्रालय नदिइएपछि जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले शुक्रबारराजीनामा दिएका छन् । खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् ।
पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्रि दाहालले जनमत पार्टीलाई उद्योग मन्त्री दिने बचन दिएका थिए । तर दलहरुवीच मन्त्रालय भागबण्डा गर्दा जनमतको भागमा खानेपानी मन्त्रालयको जिम्मेबारी आएको थियो । त्यसपछि जनमतले मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै आएको थियो । पछिल्लो पटक पनि दलहरूको छलफलमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भनिए पनि खानेपानीमै राखिएपछि असन्तुष्ट बनेका खानले राजिनामा दिएका हुन् ।