एमालेले तनहुँ र चितवनका लागि उम्मेदवारको नाम टुंग्यायो

काठमाडौँ/ नेकपा (एमाले) ले बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा तनहुँ र चिनवनका लागि उम्मेदवार टुंगो लगाएको छ । एमालेको शनिबार बसेको सचिवालय बैठकले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाए पनि बारा क्षेत्र नम्बर २ को उम्मेदवार भने टुंगो लगाउन सकेन ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल प्रहरीका पूर्वमहानिरीक्षकसमेत रहेका नेता सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय छ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा भने उम्मेदवारको टुंगो लागेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज