नेकपा एकीकृत समाजवादीबाट अलग भए मुकुन्द न्यौपाने

काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले शनिबार पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर न्यौपानेले नेकपा एकीकृत समाजवादी कोठेराजनीतिमा संलग्न भएको र सत्ता गठबन्धनको दलदलमा फसेको बताउँदै पार्टी त्यागेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा न्यौपानेले एकीकृत समाजवादीमा भविष्य नभएको भन्दै यस्तो पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर बाच्नु महत्त्वपूर्ण लागेको भन्दै आफूले समाजवादीको साधारण सदस्यता समेत त्यागेको बताए ।

नेता न्यौपानेले एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका थिए । उनले नेकपा एमालेसँग पार्टी एकीकरणका लागि दबाब दिँदै आइरहेका थिए । जसका कारण पार्टीले उनीसँग स्पष्टीकरण समेत सोधेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज