काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई कारबाही गरे पार्टीको ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।
मन्त्री बन्न पार्टीलाई २ करोड रुपैयाँ दिनु पर्ने भयो भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै छानबिन गर्ने निर्णय गरेको थियो ।
पार्टीले अनुशासन तथा आचरण समितिलाई सांसद श्रेष्ठको विवादास्पद बनेको अडियो टेपको छानबिन गर्न निर्देशन दिएको थियो । समितिलाई बयान दिने क्रममा उनले पार्टीले आफूलाई मात्रै कारबाही गरे आफूलाई पैसा माग्न दबाब दिने पार्टीको कोर टिमको खुलासा गर्ने चेतावनी दिएका हुन् ।समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ ।
समितिसँगको बयानका क्रममा सांसद श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको बताउँदै यस्तो अफ्ठयारो समयमा पार्टीले अफूलाई सहानुभूति राख्नुपर्ने वताउँदै आफूलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुने बताएका हुन् ।