अडियो सार्वजनिक गरेर नियोजित रुपमा बदनाम गरियोः सांसद श्रेष्ठ

काठमाडौँ / मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा भएको कुराकानीको अडियो अहिले सार्वजनिक गरेर नियोजित रुपमा पार्टीलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

सांसद श्रेष्ठले घुस मागेको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । बुधबार पत्रकार सम्मेलन गर्दै सांसद श्रेष्ठले घुमाउरो पाराले अडियो आफनो भएको स्वीकार गरे । उनले भने यो अडियो अहिलेको होइन । जनवरीको अडियो अहिले निर्वाचनको समयमा पार्टीलाई पराजित गर्न नियोजित रुपमा सार्वजनिक गरिएको हो ।

उनले अगाडी भने यो अडियो केही पनि होइन । यो फसाइएको हो, सुनियोजित गरिएको हो । सुनियोजित किसिमले पार्टीलाई चारतिरबाट हान्ने प्रहार गरेको हो ।

श्रेष्ठले आफूले न्यायालयबाट क्लीनचिट लिएर आउने दाबी गरेका छन् । न्यायालयमा म आफना कुराहरु प्रस्ट पारेर क्लिन चिट ल्याएर तपाईंहरूमाझ फेरि प्रेस मिट गर्नेछु उनले भने ।

आफ्नो कारणले गर्दा निर्वाचनको समयमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै उनले क्षमा पनि मागे । उनले भने मेरा कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको छ । त्यसका लागि क्षमाप्रार्थी छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज