काठमाडौँ / सभामुख देवराज घिमिरेले संसद्लाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको जानकारी गराएका छन् ।
मंगलबारको संसद् बैठकमा सभामुख घिमिरेले रास्वपा संसदीय दलको पत्रअनुसार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
सभामुख घिमिरेले रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेकाले उनको सांसद पद रिक्त भएको जानकारी दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णयबमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णय सहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु, सभामुखले घिमिरेले भने ।