काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा ३ जना नयाँ मन्त्रि थप गरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका संसद त्रय धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका हुन् ।