नक्कली भुटानी शरणार्थी प्रकरणमा हुने छानबिनमा सरकारले् हस्तक्षेप नगरोस्ः ओली

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न माग गर्दै प्रहरीले गरिरहेको छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेको बताएका छन् ।

आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो भनाइ राखेका हुन् । उक्त अवसरमा ओलिले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषि देखिएकालाई कडाइका साथ कारबाही गरियोस भन्दै यसविषयमा उपयुक्त ढंगले छानबिन गर्न सरकारसँग माग गरे ।

ओलीले भने, मैले यो प्रकरणमा प्रहरीले गर्ने छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस् भनेको छु । निष्पक्ष ढंगले छानबिन गरि जो दोषी छन् तिनीहरुलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् ।

मिडियाले सांसद टोपबहादुर रायमाझी ओलीको सम्पर्कमा छन् भन्दै लेखेको समाचार प्रति लक्षित गर्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज