१२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँमा रहेको प्रधानमन्त्री दाहालको प्रष्टोक्ति 

काठमाडौँ । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ रहेको दाबी गरेका छन् ।

शुक्रबार दिउँसो तनहुँको आबुखैरेनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो अभिव्यक्ति दिएका हुन । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकताबद्ध भएर परास्त गरिने बताए । उनले भने, नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले अधिकार पाएका छन्। केही सामन्ती तत्त्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्।

आफूले शुक्रबार बिहान मात्रै सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशको सुरक्षा अवस्था सामान्य रहेको जानकारी आएको बताए । उनले भने, १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज