एक नयाँ अध्ययनले मंगलमा ३०० मिटर (एक हजार फिट) गहिरो सागर थियो भन्ने दाबी गरेको छ । युनिभर्सिटी अफ कोपनहेगनले सार्वजनिक गरेको अध्ययनले मंगल ग्रहमा साढे चार अर्ब वर्षअघि सागर रहेको दाबी गरेको हो ।
‘यो समयमा मंगल ग्रहमा बरफयुक्त क्षुद्र ग्रहहरू ठोक्किन आइरहन्थे । मंगल ग्रह विकासको पहिलो १० करोड वर्षमा यस्तो भएको थियो, अध्ययनमा भनिएको छ। अर्को चाखलाग्दो कोण के भने ती क्षुद्र ग्रहले जैविक अणुहरू पनि बोकेका थिए, जुन जीवनका लागि जैविक रूपमा महत्वपूर्ण हुन्छ,’ सेन्टर फर स्टार एन्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारोले भनेका छन्। बरफयुक्त क्षुद्र ग्रहहरूले यो रातो ग्रहमा पानी मात्र होइन, एमिनो एसिडजस्ता जैविक रूपले महत्वपूर्ण यौगिकहरू पनि ढुवानी गरेको थियो ।
पछिल्लो अनुसन्धानअनुसार मंगलका प्राचीन महासागरहरू कम्तीमा ३०० मिटर गहिरा थिए । ती बढीमा एक किलोमिटर गहिरासम्म हुन सक्छन् । बिजारोका अनुसार वास्तवमा पृथ्वीमा त्यति पानी छैन ।उनले अगाडि थपे, ‘यो सब मंगल ग्रहको पहिलो १० करोड वर्षभित्र भएको थियो । यो अवधिपछि पृथ्वीमा सम्भावित जीवनका लागि केही विपत् भएको हुनुपर्छ ।
पृथ्वी र मंगलको बीचमा मंगलजत्रै अर्को ग्रह पृथ्वीसँग ठोक्किन आइपुगेको विश्वास गरिन्छ । यही ठक्करले पृथ्वी–चन्द्र प्रणालीलाई आकार दिएको मानिन्छ ।