काठमाडौं /युवा वैज्ञानिकलाई अनुसन्धानमा सहयोग गर्ने उदेश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले प्रस्ताव आह्वान गरेको छ ।
नास्टले सार्वजनिक सूचना जारी गर्दै युवा वैज्ञानिकहरूलाई विज्ञान तथा प्रविधिसम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न अनुसन्धानका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
प्रस्ताव पेस गर्ने व्यक्ति ४० वर्ष उमेर ननाघेको हुने पर्नेछ । २१ दिन भित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव र आवेदन नास्ष्टको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित पठाउनु पर्नेछ ।
नास्ष्टले व्यक्तिरसमूहगतको अनुसन्धानको लागि बढीमा पाँच लाख, संस्थागत अनुसन्धानका लागि दस लाख र बहुविधागत अनुसन्धानका लागि १२ लाख बजेट रहेको सूचनामा उल्लेख गरेको छ ।