काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय जैविक-प्रविधि सम्मेलन हुने

काठमाडौँ / जैविक प्रविधि समाज नेपाल (बीएसएन) को आयोजनामा काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय जैविक-प्रविधि सम्मेलनको आयोजना हुने भएको छ ।

बीएसनका अध्यक्ष नविन नारायण मुनकर्मीका अनुसार पुस २ देखि ४ गतेसम्म काठमाडौंमा हुने यो सम्मेलनमा जैविक प्रविधिको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका नेपालसहित दक्षिण एसियाका वैज्ञानिकहरु सहभागि हुनेछन् ।

दिगो प्रविधि र वातावरणका लागि जैविक(प्रविधि भन्ने नाराका साथ सुरु हुन लागेको यो सम्मेलनमा दक्षिण एसियाका वैज्ञानिकहरुले आफूले गरेका अध्ययन अनुसन्धानबारे छलफल र बहस गर्ने अध्यक्ष मुनकर्मीले बताए ।

दिगो विकासका १७ वटा लक्ष्य हासिल गर्नका लागि जैविक प्रविधिले खेल्ने भूमिकामा केन्द्रीत भएर विभिन्न चारवटा सत्रमा वैज्ञानिकहरु छलफल हुने छ ।

ऊर्जा र वातावरण, जैविक प्रविधि र कृषि, स्वास्थ्य र फार्मासिउटिकल,नवप्रवर्तन र इन्टरप्रेनरसिपमा गरी चारवटा विषयमा केन्द्रीत भएर अनुसन्धानकर्ताहरुले प्रस्तुति दिनेछन् । सम्मेलनमा अनुसन्धनात्मक पेपर र पोस्टर गरेर ६० भन्दा बढी प्रस्तुति रहने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज