ट्विटर ब्लु टिक प्रयोगकर्ताले एक घण्टा लामो भिडिओ अपलोड गर्न पाउने

काठमाडौं/ ट्विटरको ब्लु टिक प्रयोगकर्ताहरू, अर्थात् ब्लु टिक भएका प्रयोगकर्ताहरूले एक घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन्।यसभन्दा अघि प्रयोगकर्ताहरूले ट्विटरमा जम्मा १० मिनेटको भिडिओ अपलोड गर्न पाउँथे। भिडिओको साइज ५१२ एमबीभन्दा कम हुनुपर्थ्यो। प्रयोगकर्ताले अब भने ६० मिनेटको १०८० पी रिजोलुसनसम्मको भिडिओ ट्विटरमा अपलोड गर्न सक्नेछन्। भिडिओको साइज भने २ जिबीभन्दा बढी हुनुहुँदैन।

उक्त फिचर थप भएसँगै अहिले धेरैको चासो भिडिओ मोनिटाइजेसनतर्फ छ। अर्थात्, भिडिओ अपलोड गरेको र त्यसको भ्युजको आधारमा प्रयोगकर्ताले शुल्क पाउने वा नपाउने भन्ने चासोको विषय बनेको हो।

केही समय अघिदेखि ब्लु टिक सब्सक्रिप्सन कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत ट्विटरमा ब्लु टिकको लागि प्रयोगकर्ताहरूले निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। हाल ट्विटर ब्लु प्रयोगकर्तामध्ये आइओएस प्रयोगकर्ताले ११ डलर र एन्ड्रोइड प्रयोगकर्ताले ८ डलर रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

ट्विटर इंक प्राप्तीसँगै कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले ट्विटरमा नयाँ फिचरहरू समावेश गर्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज