एन्ड्रोइडमा ५ लाख डाउनलोड भयो “माई पे” वालेट

काठमाडौं/ माई पे डिजिटल वालेट गुगल प्लेस्टोरबाट पाँच लाखपटक डाउनलोड भएको छ ।

स्थापनाको पहिलो वर्षको अवधिमा माइपेमा प्लेस्टोर, एपस्टोर र वेबसाइट समेत गरी हालसम्म आठ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेको बताइएको छ ।

बार्षिकोत्सवको अवसरमा कम्पनीले माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राति १२ बजेसम्म प्रत्येक कारोबारमा पाँच प्रतिशत (बढीमा १०० रुपँयासम्म) को क्याशब्याक अफर समेत ल्याएको जनाएको छ ।

माइपे वालेटले उपभोक्तालाई हवाई टिकट बुकिङ गर्ने, मोबाइल टपअप गर्ने र विभिन्न घरायसी बिल भुक्तानी गर्ने सुविधा उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज