हाम्रो वायुमण्डलमा ७८ प्रतिशत नाइट हो ओजोन ? के हुँदैछ ओजोन ?
हाम्रो वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र १ प्रतिशत अन्य ग्यासहरु कार्बन डाइअक्साइड, ओजोन, प्रोजोन, मिथाइल इत्यादि छन् । वायुमण्डलको सन्तुलनका लागि यी सबै ग्यासको समान महत्व छ ।
दुइटा अयिक्सजन ०२ का अणुमा अक्सिजनकै थप अर्को (०) को मिलनपछि ओजोन ०३ बन्छ । यो ग्यास हाम्रो वायुमण्डलको २०–३० किमि माथिसम्म फैलिएको छ, जसले सूर्यबाट आउने परावैजनिक किरणलाई आकाशमै रोकेर धरतीमा जीवनको रक्षा गर्छ । सूर्यबाट आउने पराबैजनिक किरण ज्यादै घातक हुन्छ, यसले जमिन र पानीभित्रका जीव वा प्राणी र वनस्पतिलाई समेत नष्ट गर्न सक्छ ।
पृथ्वीको सृष्टि हुँदा सुरुमा यो रातो र तातो थियो । अरबौं वर्षपछि पृथ्वीको बाहिरी भाग सेलाएर जमिन र पानीको भाग छुट्टियो । त्यसपछि पनि धेरै वर्ष पृथ्वीमा कुनै जीव थिएन । त्यसको प्रमुख कारण सूर्यको त्यही घातक पराबैजनिक किरण थियो । विस्तारै समुद्रका ढुंगाका कापहरुमा अमिबा, हाइड्रा जस्ता एक कोषीय, दुई कोषीय जीवहरुको उत्पत्ति भयो, जहाँ सूर्यको किरण पुग्दैनथ्यो ।
लाखौं वर्षपछि वायुमण्डलमा ओजोन ग्यासको तह बन्यो । ओजोन तह बनेपछि पहिले पानीमा र पछि जमिना जीव, प्राणी र वनस्पतिहरुको उत्पत्ति र विकास हुन थाल्यो । आज पृथ्वीको जमिन, पानी र आकाशमा लाखौं प्रकारका प्राणी, वनस्पति वा जीवहरुको अस्तित्व छ । त्यसमा पनि ओजोन ग्यासको भूमिका अहं छ । ओजोन अक्सिजनबाट बन्छ भने अक्सिजनको मूल स्रोत वनस्पति र समुद्र वा पानी अर्थात् नदी, खोला, तालतलैया हुन् ।
आज वायुमण्डलको ओजोन तह नष्ट भइरहेको भनी विश्वव्यापी चिन्ता बढेको छ । त्यसका मूलतः दुइटा कारण छन्:
(१) वनजंगलमाथि मानवीय विनाशकारी अभियान– हरेक वर्ष पृथ्वीमा एक करोड हेक्टर वनजंगल सखाप भइरहेछन् । बढ्दो जनसंख्यालाई खाद्यान्नको आपूर्ति र काठजन्य वस्तुहरुको प्रयोग अनि इन्धन, आवास, कागज, औषधि, रङ आदि उद्योगको मूल स्रोत वनजंगल हुनाले त्यसको विनाश गरिन्छ । त्यसैगरी झन्डै १३ करोड जनसंख्या आज पनि समुद्री जलचर र खाद्यपदार्थ संकलन गर्न जुटिरहेछ, जसले समुद्रको खाद्यचक्रलाई अघात पु¥याइरहेछ । त्यसरी नै औद्योगिक सहरहरुबाट निस्कने प्रदूषित र घातक रसायनिक पदार्थहरुको बाढीले समुद्र, खोला, नदी, तालतलैयाहरुको अस्तित्वमाथि भीषण अतिक्रमण गरिरहेछ । यी सबै कारणले अक्सिजनको एक मात्र महान् स्रोतको क्षमतामा ह्रास आइरहेछ ।
(२) क्लरोफ्लुरो कार्बनको अधिक उत्पादन: वायुमण्डलको ओजोन तह नष्ट हुनुमा समाजमा लोकप्रिय रेफ्रिजेरेटर, एअर कुलर, फोम, डनलपजस्ता कुराहरु पनि छन् । किनभने तिनले क्लरोफ्लुरो कार्बन उत्पादन गर्छन् । यो ग्यास पनि ज्यादै घातक हुन्छ किनकि कतै खर्च नहुने भएकाले वायुमण्डलमा यसको अस्तित्व वर्षौंवर्ष रहिरहन्छ, जसले ओजोन तहलाई निरन्तर विघटन गरिहन्छ । त्यसै गरी सौन्दर्य प्रसाधनका वस्तुहरु क्रिम, पालिस, पाउडर, इनामेलजस्ता कुराहरुले पनि फ्रेआन, हैनानजस्ता ग्यासहरु उत्पादन गर्छन् । तिनले पनि ओजोनसँग प्रतिक्रिया गरेर यसको विघटन गर्छन् ।
बालीनालीमा कीटनाशक औषधि र हजामले ग्राहकको कपालमा पानी छर्कंदा प्रयोग हुने स्प्रेले पनि पानी ९ज्द्दण्० का अणु टुक्र्याएर त्यसको अक्सिजन निष्क्रिय बनाउँछ । त्यसरी लामो समयसम्म निष्क्रिय रहने अक्सिजनको अणुले पनि ओजोन तह विघटन गर्छ ।
त्यसैले झन्डै एक अरब वर्षको पृथ्वीको जैविक विविधता ९द्यष्य(मष्खभचकष्तथ० वायुमण्डलमा ओजोनको तीव्र विघटनले संकटमा पर्दैछ । झन्डै डेढ दशकअघि नै वैज्ञानिकहरुले एन्टार्कटिका र स्विडेनको आकाशमा ओजोन तह नष्ट भएर पृथ्वीमा परावैजनिक किरणको दुष्प्रभाव पर्न थालेको बताएका थिए ।
अब प्रश्न उठ्छ– ओजोन ग्यासको संरक्षण कसरी गर्ने ? मानव समाजले अन्धाधुन्ध विकास र भौतिक सुविधाका लागि जे पनि गर्ने संस्कृतिलाई आमूल परिवर्तन नगरी धरतीको जैविक विविधताको रक्षाकवच ओजोनको संरक्षण गर्ने कुनै जादुको छडी छैन । वायुमण्डलको ओजोन तह जोगाउन निम्न कुराहरु ठोस रुपले कार्यान्वयन गर्नुपर्छ विश्वका शासकहरुले–(१) झन्डै ७ अरब जनसंख्या भएको पृथ्वीमा आधा जनसंख्या घटाउने रणनीति हुनुपर्छ । यसका लागि पितृसत्तात्मक संस्कार र संस्कृति बदलेर ‘छोरीहरु महान् हुन्’ भन्ने नयाँ संस्कृति निर्माण र विकास हुनुपर्छ । ‘छोराले पितृलाई स्वर्ग तार्छ’ भन्ने अन्धविश्वासमा लागेर भारतमा १४ प्रतिशत र चीनमा १६ प्रतिशत नारीहरुको संख्या घटिसक्यो । अर्कोतिर ती देशको जनसंख्या विस्फोटक बनिरहेछ । यो प्रवृत्ति सबै विकासोन्मुख मुलुकहरुमा पनि देखिन्छ ।
(२) कतिपय औषधिहरु रेफ्रिजेरेटरमा राख्नैपर्छ र एअर कुलर भनेको सुत्केरी आमा, बच्चा, रोगी बूढाबूढीहरुलाई उपलब्ध हुनुपर्छ तर तिनले होइन, धनसम्पत्ति प्रशस्त हुनेहरुले मात्र यस्ता वैज्ञानिक उपकरणको अति प्रयोग गरिरहेछन् । अत्यावश्यक र सीमित रुपलेबाहेक अरु सम्पूर्ण ठाउँका क्लरोफ्लुरो कार्बन उत्पादन गर्ने यस्ता उपकरणहरुमाथि प्रतिबन्ध लगाउनुपर्छ । प्राकृतिक मानव जीवन प्रकृतिअनुकूल बनाउन कडा अभ्यास गर्नु सबैलाई फलदायी हुनेछ । यही कुरा नारी सौन्दर्य प्रसाधनका वस्तुहरुमाथि पनि लागू हुन्छ । त्यसैगरी सबै प्रकारका स्प्रेहरु क्रमशः नियन्त्रण गर्दै जानुपर्छ ।
(३) इन्धन, कागज, रुङ, फर्निचरजस्ता दैनिक उपभोग्य वस्तुहरु थोरैभन्दा थोरै प्रयोग गर्नुपर्छ । हरेक संघसंस्था र व्यक्तिहरु वातावरण संरक्षणमा लागि परे वनजंगलमाथिको दबाब र विनाश नियन्त्रणमा आउनेछ ।
(४) समुद्र, खोलानाला, नदी, तालतलैयाका जलचर मार्ने र खाद्यवस्तुका रुपमा संकलन गर्ने क्रियाकलापहरु क्रमशः रोक्नुपर्छ । खोला, नदी र समुद्रहरुमा सहरबजारबाट प्रदूषित रसायनिक पदार्थहरुको बाढी हुल्ने कार्य तत्काल नियन्त्रणमा ल्याउनुपर्छ ।
तर माथिका कदमहरुको कार्यान्वयन त्यतिखेर मात्र हुनेछ, जब धरतीप्रेमी पर्यावरणवादीहरु सचेत, संगठित र संघर्षशील बनी पर्यावरण क्रान्तिको आँधीबेहरीले प्रकृतिप्रतिकूल देखिएका शासकहरु पतन हुन्छन् र राज्यसत्ता वातावरणवादीको हातमा जानेछ । त्यसका लागि सम्पूर्ण पर्यावरणवादीहरु आजैदेखि आआफ्नो ठाउँबाट क्रियाशील र चिन्तनशील बन्नुपर्छ ।