नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन् । मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै शर्माले भनिन्, नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ ।

सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेकोले सरकारले यस्तो निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज