अर्जेन्टिना समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा

काठमाडौै/ लिग चरणको अन्तिम खेलमा पोल्याण्डलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना ६ अंकका साथ समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘सी’ रहेको अर्जेन्टिना समूहचरणको पहिलो खेलमा साउदी अरेबियाविरूद्ध २–१ स्वब्ध बनेको थियो ।

दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित गरेको उसलाई अन्तिम खेल गर या मरको अवस्थाममा थियो । यो अवस्थामा अन्तिम खेलमा पोल्याण्डलाई २–० ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश पाएको हो।

बुधबार राति सम्पन्न खेलमा एलेक्सिस म्याक एलेस्टर र जुलियान अल्भारेजले गोल गरे । पहिलो हाफको ३७ मिनेटमा पाएको पेनाल्टी अवसरलाई कप्तान लिओनल मेसीले सदूपयोग गर्न नसक्दा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो।

तर, दोस्रो हाफमा दुई गोल थप्दै अर्जेन्टिनाले अन्तिम १६ को यात्रालाई सहज बनायो। उसका लागि ४६ मिनेटमा म्याक एलेस्टरले गोल गरे। अर्को गोल ६७ मिनेटमा जुलियान अल्भारेजले गरे। उनले इन्जो फर्नान्डेजको पासमा गोल गरेका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज