जापान समूह विजेता बन्दा जर्मनी लिग चरणबाटै बाहिरियो

काठमाडौै/ फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को अन्तिम खेलमा जापान समूह विजेता बन्दा चारपटकको च्याम्पियन जर्मनी लिग चरणबाटै बाहिरिएको छ ।

जापानले स्पेनलाई २१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो भने स्पेन पराजित भएपनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४२ ले हराएपनि अघि बढ्न सकेन ।

जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गर्दा स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्यो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर ं६ तथा जर्मनी ं१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज