विश्वप्रसिद्ध फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ /विश्वप्रसिद्ध फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ । मंगलबार साओ पाओलोस्थित अस्पतालमा भर्ना भएका पेले आन्द्राको क्यान्सरबाट पीडित छन् ।

८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा रहेको बताइएको छ । पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रसंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् । स्वास्थ्य समस्याकै कारण पेले कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् ।

इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज