स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ

काठमाडौँ/ नेपाल टी २० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अर्का खेलाडी मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले म्याच फिक्सिङ गरेको आरोपमा उनीहरुलाई सोमवार नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको सार्वजनिक पछि डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाइएको थियो ।

उक्त समितिले अनुसन्धानका क्रममा स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु भेटेपछि त्यसमा संलग्नताको आशंकामा यी खेलाडीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज