नेपाली क्रिकेटर आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेटको अवार्ड

काठमाडौं/नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर ब्यट्सम्यान आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड स्पिरिट अफ क्रिकेट ९उच्च खेल भावना० को अर्वाड हात पारेका हुन्।

आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो ।

आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन् । गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी २० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाले उनी मनोनयनमा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज