स्पट फिक्सिङमा दोषि देखिएको भन्दै क्यानका कार्यसम्पादन समितिको राजीनामा माग

काठमाडौँ/ नेपाली टी–२० लिगको दौरान स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरुले कार्यसम्पादन समितिको राजीनामा मागेका छन् ।

आइतबार पत्रकार सम्मलेनको आयोजना गर्दै क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन् ।

गैरकानुनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज