काठमाडौं /नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हो ।
बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।