काठमाडौँ /महान्यायाधीवक्ताको कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्चमा दिएको पुनरावलोकन मुद्दाको शुक्रबार सुनुवाइ हुनेभएको छ।
उच्च अदालतले पुस २८ गते लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतको उक्त आदेशको विरुद्धमा महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित गत बिहीबार सर्वोच्चमा मुद्दाको पुनरावलोकनका लागि निवेदन दिएको थियो ।