काठमाडौँ /आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले सोमबार पपुवा न्युगिनी (पिएनजी) लाई ४ विकेटले पराजित गर्दै लगातार पाँच खेलमा जित निकालेको छ ।
योसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार ५ विजयको कीर्तिमान बनाएको छ । टस हारेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलको अर्धशतकबाट प्रेरित नेपालले ४५.२ ओभरमा २०७ रन बनाउँदै विजयी लक्ष्य पूरा गर्यो ।
अघिल्लो साता नेपालले घरेलु मैदानमा लिग(२ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी सबै ४ खेल जित्दै क्लिन स्विप गरेको थियो । नेपालले २०२० को फेब्रुअरीदेखि २०२१ को सेप्टेम्बरसम्ममा गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेल जितेको थियो ।