राष्ट्रिय फुटबल टोलीले पायो नयाँ प्रशिक्षक

काठमाडौं/ नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा भेन रेञ्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी इटलीयन नागरिक हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज