काठमाडौँ / आईसीसी विश्वकप क्रिकेट लिग २ मा यूएईलाई ४२ रनले हारउँदै नेपालले पहिलो जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट भएको थियो ।
नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको थियो । दीपेन्द्रसिंह ऐरीले यूएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट लिएपछि नेपालको जीत सहज बन्यो। त्यसलगत्तै ऐरीले ४१.३ ओभरमा कार्तिक मैय्यप्पनलाई यूएईको ८औं विकेटका रूपमा आउट गरे ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १र१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । नेपालको ३२ खेलबाट ३२ अंक भएको छ । यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।