काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले भनेका छन, लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई।