प्रधानमन्त्री थ्री नेसन्स कपस् नेपालले लाओसलाई हरायो

काठमाडौं / बुधबार दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको खेलमा नेपालले लाओसलाई २० ले पराजित गरेको छ।

खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरेका थिए । ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल थपे। चैत ११ मा लाओस र भुटानबीच खेल हुनेछ। नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। चैत १७ गते फाइनल खेल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज