काठमाडौँ / नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको दशरथ रंगशालामा भएको अन्तिम खेलमा भुटानसँग १–१ को बराबरी खेलेको हो । नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औं मिनेटमा गोल गरेका थिए ।
लिग चरणका तीनै खेलको समाप्तीमा नेपाल ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । लाओस ३ अंक सहित फाइनल पुगेको छ ।
भुटानले नेपाललाई बराबरीमा रोकेको पनि यो पहिलोपल्ट हो । यसअघि नेपाल र भुटानबीच १२ खेल भएका थिए । ती सबै खेलमा नेपाल विजयी रहेको थियो ।
भुटानले १९ औं मिनेटमा अग्रता लिएको थियो । भुटानका लागि दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गरेका थिए ।