भारतमा भएको एकुरेसी प्याराग्लाइडिङ प्रि वर्ल्ड कप प्रतियोगितामा टिम नेपाल प्रथम

काठमाडौं/ भारतको हिमाचल प्रदेशको धर्मशालामा अप्रिल ५ देखि ९ तारिखसम्म सम्पन्न भएको एकुरेसी प्याराग्लाइडिङ प्रि वर्ल्ड कप प्रतियोगितामा शंखरापुरका विजय चौलागाइँको टिम नेपालले प्रथम स्थान हासिल गरेको छ।

सो प्रतियोगितामा इन्डिभिजुअल तथा टिम विधा गरी दुबै विधामा नेपाली खेलाडीले विजय प्राप्त गरेका हुन। टिम विधामा नेपालका विजय चौलागाईं, विजय गौतम, विशाल थापा र सनिज थापा सहभागी टिमले ५०० युरो सहित प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी अर्को टिम इक्यारो टिम नेपालले ३०० युरो सहित दोस्रो स्थान हासिल गरेको छ। सो टिममा नेपालका युकेश गुरुङ, सुरेन गुरुङ, अञ्जन कुँवर र अमन थापा छन।
नेपाल, भारत, अमेरिका, स्पेन र नेदरल्यान्ड सहित ५ देशका करिव १२० जना खेलाडी उक्त प्रतियोगितामा सहभागी थिए। सो प्रतियोगितामा विजयीलाई हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले पुरस्कृत गरेका थिए ।

त्यसैगरी सो प्रतियोगिताको सोलो पुरुषतर्फ नेपालका अमन थापाले १६५० युरो पुरस्कार राशी सहित प्रथम र विशाल थापाले १०५० युरो सहित दोश्रो स्थान हासिल गरेका छन ।त्यसैगरी सोलो महिलातर्फ नेपालकी रिता थापाले ३०० युरो सहित दोश्रो स्थान हासिल गर्न सफल भइन।

केही महिना अगाडि मात्र पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएपश्चात् हाल नेपालमा प्याराग्लाइडिङको सोलो उडान बन्द भएकाले प्याराग्लाइडिङको प्रशिक्षणमा समस्या परेको शंकरापुरस्थित शंकरापुर प्याराग्लाइडिङका सञ्चालक पाइलट विजय चौलागाइँले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज