काठमाण्डौं /सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । नयाँ बन्ने सरकारको नेतृत्व नेपाली काँगे्रसले गर्ने उनले बताए ।
“सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुङ्गो लगाउँछौँ”, उनले भने ।
पाँच वर्षसम्म यही गठबन्धनको सरकार कायम रहने बताउँदै उनले अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने बताए। मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए । अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरु खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन मन्त्री चौधरीको भनाई थियो ।
मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन भइसक्ने बताए । आफ्नो दलले चुनावमा हासिल गरेको सिट सङ्ख्या अपेक्षित नभए पनि तुलनात्मकरूपमा सन्तोषजनक रहेको उनको भनाइ थियो।