दोलखा/ दोलखाको प्रदेश सभा क्षेत्र १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले ८ हजार ४२ मतान्तरका साथ विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराएका हुन्।
मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेसका काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याएका छन् भने एमालेका श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका छन्।
काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन्। उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए।