उपत्यकामा बढाइयो ट्राफिक जरिवाना

काठमाडौं/ उपत्यकामा विगतमा ट्राफिक नियमको उलंघन गर्दा एक हजार रुपैयासम्म जरिवाना लाग्ने कसुरमा जरिवाना बढाएर १५ सय रुपैया पुर्याइएको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना बढाउँदै ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ ।

जरिवाना बढाइएका कसुर
१. रेड लाइटमा सवारी नरोक्दा ।

२. निषेधित ठाउँमा पार्किङ गर्दा ।

३. गलत ठाउँबाट सवारी मोडेमा ।

४. सडकको गलत साइडबाट चलाएमा ।

५. एकतर्फी सडकमा चलाएमा ।

६. अवस्था ठीक नभएको सवारी चलाउँदा ।

७. रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा ।

८. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा ।

९. नम्बर प्लेट नराखी चलाएमा ।

१०. गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाई चलाएमा ।

११. सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा ।

१२. लापरबाहीका साथ सवारी चलाउँदा ।

१३.सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा ।

१४. सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा ।

१५. ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा ।

१६. निषेधित क्षेत्रमा हर्न बजाएमा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज