ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली वाग्मती प्रदेशमा लागु नहुने

काठमाडौँ / सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली वाग्मती प्रदेशमा लागु नहुने भएको छ । बुधबारदेखि यो प्रणाली लागू गर्ने गरि तयारी गरिएको थियो । वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले हस्तक्षेप गरेपछि यो प्रणाली लागु नहुने भएको हो ।

यसअगाडी पनि २ पटक ट्रायल ७० अंक ल्याए पास हुने प्रणाली लागु गर्ने प्रयास ट्रायल सञ्चालकहरुको दवावका कारण रोकिएको थियो । मुख्यमन्त्री कार्यालयले तत्कालका लागि यो प्रणाली लागू नगर्न निर्देशन दिँदै यस विषयमा अध्ययन गर्ने प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरेको छ । चार सदस्यीय समितिलाई प्रणाली कसरी लागू गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिइएको छ ।

१० गते वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको उपस्थितिमा ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरुले आज बुधबारदेखि ७० प्रतिशत प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका थिए । तर, मुख्यमन्त्री कार्यालयले १४ गते यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको जानकारी गराइएको हो । सातमध्ये प्रदेश १, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा यो प्रणाली लागू भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज